प्रदेश सांसद तथा जसपाकी केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन

सफल खबर संवाददाता

मंगलबार, २६ भदौ २०८०, १० : ३५
प्रदेश सांसद तथा जसपाकी केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन

जनकपुर । मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन भएको छ।

क्यान्सर रोगबाट पीडित ४४ वर्षीया यादवको मंगलबार बिहान सवा ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो। 

प्रदेश सांसद सञ्जय कुमार यादवका अनुसार उपचारकै क्रममा उनको निधन भएको हो। 

उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि उनको प्रादेशिक अस्पताल जनकपुरको आइसियूमा राखेर उपचार हुँदै आएको थियो।

दोस्रो मधेश आन्दोलनपछि नेतृत्वमा आएकी उनी जसपाबाट समानुपातिक सांसद थिइन्। 

प्रतिक्रिया दिनुहोस