काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन्।
मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको भण्डारीले बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, ‘म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।’
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकामा राति नै उनको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजीका जायज माग वार्ता र संवादबाट समाधान खोजौं: विद्यादेवी भण्डारी
संसद् निरीह भयो, दलहरूमा समस्या छ : पूर्वराष्ट्रपति भण्डारी
एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन: विद्यादेवी भण्डारी
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
‘गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब’ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता