काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक, आसन्न अमेरिका तथा चीन भ्रमणलगायतका विषयमा छलफल भएको बताइएको छ। भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी रहेको बालुवाटार श्रोतले जनाएको छ।
प्रधानमन्त्री ‘प्रचण्ड’ विराटनगरबाट फर्किए लगत्तै भेटवार्ता भएको हो। प्रधानमन्त्रीले अड्किएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनको संशोधन विधेयकमाथि सहमति जुटाउने प्रयास गरिरहेका छन्। त्यसविषयमा पनि छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको इतिहासमा माओवादीले जस्तो भ्रष्टाचारविरूद्धको अभियान अरूले चलाएका थिएनन् : प्रधानमन्त्री प्रचण्ड
समाजमा नकरात्मक प्रवृति बढ्यो, त्यो ओरालो यात्रा मात्र हो : प्रधानमन्त्री प्रचण्ड
शासकीय प्रणाली सुधार गर्न आयोग गठन गर्छौँ : प्रधानमन्त्री प्रचण्ड
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड
मुलुकका लागि माओवादी रुपान्तरण हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा