काठमाडौँ । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ।आइतबार वर्षाले प्रभावित भएपछि सोमबारदेखि सुरु भएको खेलमा भारतले २ विकेटको क्षतिमा ३५६ रन जोड्यो।
भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे। कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन जोडे।
कोहलीको यो ४७औँ एक दिवसीय शतक हो। कोहली र केएलबीच तेस्रो विकेटका लागि २३३ रनको साझेदारी भएको थियो। त्यसअघि श्रीलङ्काको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल वर्षाका कारण रोकिदा सोमबारसम्मका लागि स्थगित भएको थियो।
आइतबार ओपनरद्वय रोहित शर्मा ५६ रन र शुभमन गिल ५८ रन बनाएका थिए। उनीहरुबीच पहिलो विकेटका लागि १२१ रनको साझेदारी भएको थियो।
सोमबार भारतका लागि कोहली र राहुलले २४.१ ओभरदेखि पूरै ब्याटिङ गर्दा पाकिस्तानले विकेट लिन सकेन।बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदी र शादब खानले एक एक विकेट लिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित
एसिया कप: भारत २१ रनले विजयी, ओमानको प्रशंसा