एसयूभी ‘सेरेस–३’ को मूल्य सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०८०, १४ : ५९
एसयूभी ‘सेरेस–३’ को मूल्य सार्वजनिक

काठमाडौ । एसयूभी ‘सेरेस–३’ को मूल्य सार्वजनिक भएको छ । सेरेसलाई नेपालमा बिगत ६ दशकदेखि अटोमोटिभ बिरासत सम्हालिरहेको एमएडब्लु ग्रुपले भित्र्याउन लागेको हो । कम्पनीले कम्फर्ट भेरियन्टको सुरुवात मूल्य ४७ लाख ९९हजार र प्रिमियम भेरियन्टको सुरुवात मूल्य ४९ लाख ९९ हजार रहने जनाएको छ ।

कमपनीले सीमित समय र लिमिटेड स्टकका लागि मात्र उक्त मूल्य उपलब्ध हुने जनाएको छ । लिमिटेड स्टक समाप्त भएपछि भने कम्फर्ट भेरियन्टको मूल्य ४९.९९ लाख र प्रिमियम भेरियन्टको मूल्य ५२.९९ लाख हुनेछ । ग्राहकले यी विशेष लन्च मूल्यमा सेरेस–३ कम्फर्ट वा प्रिमियम भेरियन्ट पाउने यो सुवर्ण अवसर रहेको छ ।

आफ्नो गाडी बुक गर्न नाडामा स्टल नम्बर ए–६ मा १२ देखि १७ सेप्टेम्बर २०२३ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । ब्राण्ड फाइनान्सद्वारा २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दो अटोमोटिभ ब्राण्डको रूपमा मान्यता प्राप्त सेरेसले २१ युरोपेली देशमा उल्लेखनीय उपस्थिति जनाएको कम्पनीको भनाइ छ । साथै अग्रणी टेक्नोलोजी जायन्ट हुवावेसँगको अटोमोटिभ उत्पादनमा पनि सेरेसको साझेदारी छ ।

प्रतिक्रिया दिनुहोस