काठमाडौ । सर्लाहीको बरहथवामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका एकजना पत्रकारको उपचारको क्रममा मृत्यु भएको छ।
शनिबार साँझ बरहथवा–मधुवनी सडक खण्डमा पर्ने बरहथवा नगरपालिका–८ टाँडीस्थित गर्जहा पुलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा २८ वर्षीय अभिषेक यादव गम्भीर घाइते भएका थिए।
सर्लाहीकै धन्कौल गाउँपालिका–४, महिनाथपुर निवासी यादवको उपचारको क्रममा शनिबार साँझ न्युरो अस्पताल कलैयामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रेस सेन्टरका जिल्ला सदस्यसमेत रहेका यादव मधेश पार्टी अनलाइनमा कार्यरत थिए। यसअघि उनले सर्लाहीका विभिन्न सञ्चार माध्यममा काम गरिसकेका थिए।
शनिबार साँझ रिर्पोटिङकै क्रममा सर्लाहीको बागमतीबाट घर फर्कदै गर्दा उनी सवार मधेश प्रदेश ०३–०८ प ७४९६ नम्बरको मोटरसाइकललाई विपरित दिसाबाट आएको भारतिय नम्बर प्लेटको बिआर ३० एक्स ८९८८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए।
टाउँकोसहित शरीरका विभिन्न भागमा गम्भिर चोट लागेका उनलाई स्थानीय अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि बाराको कलैयास्थित न्युरो अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचारकै क्रममा शनिबार साँझ उनको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु