एजेन्सी । एसिया कप क्रिकेटअन्तर्गत गएराति वर्षाले अवरुद्ध भारत र पाकिस्तानबीचको खेल आज पुन: हुँदैछ । आइतबार रोकिएकै ठाउँबाट आज पुन: खेल शुरू हुनेछ ।
भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएपछि वर्षा शुरू भएको थियो । तर, मौसम नखुलेपछि खेल रद्ध थरेर आजका लागि सारिएको थियो ।
यसअघि भारत र पाकिस्तानबीचको समूहगत चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।
हालसम्म भारत र पाकिस्तानबीच एक सय ३३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । त्यसमध्ये ७३ खेलमा पाकिस्तानले भारतलाई हराएको छ ।
५५ खेलमा भारत विजयी भएको छ । यी दुई राष्ट्रबीच खेलिएको बाँकी खेल भने अनिर्णित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २५ भदौ २०८०, ०६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित
एसिया कप: भारत २१ रनले विजयी, ओमानको प्रशंसा