भोलिदेखि पोखरा-जोमसोम नियमित उडान शुरु गर्दे तारा एयर

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, १९ : १७
भोलिदेखि पोखरा-जोमसोम नियमित उडान शुरु गर्दे तारा एयर

काठमाडौँ । तारा एयरले प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा/जोमसोमको उडान भोलिदेखि नियमित गर्ने भएको छ । बिस्तारै मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको हो ।

जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकूल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको छ ।

तारा एयरको उडान पोखराको पुरानो एयरपोर्ट बाटै सञ्चालन हुनेछ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाइमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस