ललिता निवास जग्गा प्रकरण : मिनबहादुर गुरुङ रिहा

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, १९ : १४
ललिता निवास जग्गा प्रकरण : मिनबहादुर गुरुङ रिहा

काठमाडौँ । मिनबहादुर गुरुङ रिहा भएका छन् । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ जिल्ला अदालतको आदेशपछि रिहा भएका हुन् । 

उनलाई जिल्ला अदालत काठमाडौँले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस