काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भूमिकाको प्रशंसा गरेका छन् । उनले माधव नेपालले नै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहयोग गरेको स्मरण गराएका छन् । आज (आइतबार) हेटौंडामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले केपी शर्मा ओली एमालेको तत्कालीन महासचिव भएको भए व्यवस्था परिवर्तन नहुने दाबी गरे । प्रधानमन्त्री दाहालले स्मरण गराए,‘म अहिले स्मरण गर्न चाहन्छु । तत्कालीन अवस्थामा एमालेको महासचिव केपी ओली भएको भए जनआन्दोलन र गणतन्त्र स्थापना हुने थिएन, त्यतिबेला माओवादीले संघीयता, गणतन्त्र ल्याउन सशस्त्र युद्ध ग¥यो । कांग्रेसबाट गिरिजाप्रसादले जनआन्दोलनको नेतृत्व गर्नुभयो । माधवजीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहयोग गर्नुभयो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड