काठमाडौं। करीब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ।
हङकङबाट त्रिभुवन विमानस्थल हुँदै भित्रिएको ६ किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दावा छिरिङसँग सम्पर्क देखिएपछि सीआईबीले भण्डारीसँग बयान लिएको हो ।
उनलाई आइतवार सीआईबीकै कार्यालयमा बोलाएर बयान लिइएको एक अधिकारीले जानकारी दिए ।नेपालको समेत नागरिकता बनाएका बेल्जियन नागरिक दावा पक्राउ परेकामध्ये उपल्लो तहका व्यक्ति भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान गरिरहेको छ ।
दावासँग भण्डारीको पटक-पटक कुराकानी भएको पाइएको सीआईबी अधिकारीहरूले बताएका छन् ।त्रिभुवन विमानस्थल भन्सारबाट पास भइसकेको सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते बरामद गरेको थियो ।यस प्रकरणमा अहिलेसम्म ३० जना पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, १४ : ५२
लेखकबाट थप