डडेल्धुरा। केआइसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोबाट ढुङ्गा लाग्दा एक युवकको मृत्यु भएको छ ।जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ प ८८३० नम्बरको मोटरसाइकल पछाडि सवार ऐरको टाउकामा शनिवार माथिबाट खसेको ढुङ्गा लागेका थियो ।
गम्भीर घाइते राकेशलाई उपचारका लागि शनिवार नै डडेल्धुरा अस्पताल पुर्याएको प्रहरीले जनाएको छ । उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी पठाइएको थियो ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा पठाइए पनि आज बिहान बाटोमै मृत्यु भएको जनाइएको छ ।मोटरसाइकल चालक डडेल्धुराको अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु