काठमाडौं। प्रधान सेनापति प्रभुराम शर्माले सैन्य संगठनका बहुआयामिक चुनौतीहरू कायम रहेको बताएका छन् ।प्रधान सेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘सैन्य संगठन आजको भोलि तयार गर्न सकिने विषय होइन, यसमा लामो अध्ययन, तयारी, अभ्यास र अनुभव चाहिन्छ’ उनले भने, ‘सेनाको निर्माण कार्य निरन्तरको प्रकृया भएकोले दिनानुदिन विकास हुँदै जाने नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीहरूले गर्दा यो कार्य सदैव चलिरहन्छ ।’
नेपालको एकीकरण अभियानदेखि आजसम्म नेपाली सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकतालाई सदैव जोगाई राख्न अग्रणी भूमिका निर्वाह गरेको उनको भनाइ छ ।
सोही अवसरमा प्रधान सेनापति शर्माले सैनिक कल्याणकारी निर्देशनालयले प्रकाशन गरेको कल्याणकारी दर्पण र नेपाली सेनाको व्यवस्थापनमा संचालित काठमाडौं–तराई/मधेश द्रुत मार्ग सडक आयोजनाको प्रकाशित जर्नल विमोचन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, १४ : ०८
लेखकबाट थप