डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगाले लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, १२ : २८
डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगाले लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु

धनगढी । डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ ।केआईसिंह राजमार्गअन्तरगत गन्यापधुरा गाउँपालिका-२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुंगा लागेर अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकले शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सवार ऐरलाई माथिबाट खसेको ढुंगा लागेको थियो ।गम्भीर घाइते ऐनलाई थप उपचारका लागि धनगढी रेफर गरिएकोमा राति बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक नायकले बताए ।

ऐरको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ । रडुवामा शनिबार आएको पहिरोका कारण केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस