धनगढी । डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ ।केआईसिंह राजमार्गअन्तरगत गन्यापधुरा गाउँपालिका-२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुंगा लागेर अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकले शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सवार ऐरलाई माथिबाट खसेको ढुंगा लागेको थियो ।गम्भीर घाइते ऐनलाई थप उपचारका लागि धनगढी रेफर गरिएकोमा राति बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक नायकले बताए ।
ऐरको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ । रडुवामा शनिबार आएको पहिरोका कारण केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु