धनगढी । पहिरोमा आएको डुङ्गाले लागेर एक किशोरको ज्यान गएको छ ।
केआईसिंह राजमार्ग अन्तर्गत डडेलधुराको रडुवामा पहिरोमा खसेको ढुङ्गा लागेर जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान गएको हो ।
हिजो डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सिटमा सवार उनको टाउँकोमा ढुङ्गा लागेको थियो ।
घाइते उनको उपचार डडेलधुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
अविरल वर्षापछि पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु