बाग्मतीमा प्रदेश सभा बैठक अघि सर्बदलीय बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, ०७ : ०३
बाग्मतीमा प्रदेश सभा बैठक अघि सर्बदलीय बैठक बस्दै

हेटौडा । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ । 

आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखे पछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन । 

सभामुख पाठकले बोलाएको सर्बदलीय बैठक आइतबार बिहान १० बजे बस्नेछ । साे बैठक प्रदेश सचिवालय भवनमा बाेलाइएकाे छ ।  गत भदौं १८ गते देखी बैठक बस्न नसकी तीन तीन पटक सारिएको छ । 

उक्त बैठकमा सहमति कायम गरी पुर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजे देखी प्रदेश सभा बैठक सुचारू गर्ने योजना रहेको छ ।

चालु आर्थिक वर्ष २०८०-८१ को बजेट पारित गर्दाको समयमा  प्रतिपक्षी दलहरूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरे पछि प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन  । सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको सभामुखको सचिवालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस