काठमाडौँ । वर्षालाई ध्यानमा राख्दै एसियन क्रिकेट काउन्सिलले भारत–पाकिस्तान खेलको लागि रिजर्भ डे राख्ने निर्णय गरेको छ । यसको अर्थ अब यदि खेल १० सेप्टेम्बरमा पूरा भएन भने अर्को दिन अर्थात् सेप्टेम्बर ११ मा सम्पन्न हुनेछ ।
यो खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने तय छ । कोलम्बोमा आगामी दुई साता भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो ।
यसबाहेक अन्य कुनै खेलमा वर्षा भए रद्द हुन सक्नेछ । एसिया कपको समूह चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।यस खेलमा भारतले पहिले ब्याटिङ गर्दै २६६ रन बनाए पनि वर्षाका कारण पाकिस्तानले ब्याटिङ गर्न पाएको थिएन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित
एसिया कप: भारत २१ रनले विजयी, ओमानको प्रशंसा