वार्षिक एक हप्ता अनिवार्य रूपमा शारीरिक श्रम गर्ने माओवादी केन्द्रको नीति

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०८०, १५ : ४१
वार्षिक एक हप्ता अनिवार्य रूपमा शारीरिक श्रम गर्ने माओवादी केन्द्रको नीति

काठमाडौँ । माओवादी केन्द्रले नेताहरूलाई वार्षिक एक हप्ता अनिवार्य रूपमा शारीरिक श्रम गर्ने नीति ल्याएको छ । साउन तेस्रो साता काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले वडा केन्द्रित उत्पादन र रोजगारीका कार्यक्रम सञ्चालन गर्ने गरी नेताहरूलाई उत्पादनसँग जोड्न वार्षिक एक हप्ता अनिवार्य रूपमा श्रमको नीति ल्याएको हो । 

यसअघि काठमाडौँमै भएको ८ औँ महाधिवेशनले उत्पादनसम्बन्धी कार्यक्रम ल्याउने निर्णय गरेपनि योजना अलपत्र परेको थियो । 

यस्तो छ उत्पादन, रोजगारी, सामाजिक सत्तासम्बन्धी माओवादीको श्रम नीति: 

–पार्टीका नेताहरूले वार्षिक एक हप्ता अनिवार्य रूपमा शारीरिक श्रम गर्ने ।

–वडा केन्द्रित उत्पादन र रोजगारीका कार्यक्रम सञ्चालन गर्ने ।

– शिक्षा, स्वास्थ्य, रोजगारका कार्यक्रमहरू वडाहरूमा कार्यान्वयन गर्ने ।

– पार्टी कामलाई वडा स्तरमा व्यवस्थित गर्ने ।

– वडाभित्र सामाजिक काम, उत्पादनसँग सम्बन्धित काम, गरिबी, उत्पीडन, दलित वर्गका समस्या, सहयोग सम्बन्धित काम गर्ने ।

–स्वास्थ्य उपचारसँग सम्बन्धित काम, बालबालिका र वृद्धवृद्धाहरूसँग सम्बन्धित काम, महिला हिंसा,

सामाजिक विभेद, प्राकृतिक विपत्तिसँग सम्बन्धित काम, सांस्कृतिक क्षेत्रका काम, युवा खेलकुदसँग

सम्बन्धित कामको लागि स्पष्ट कार्यविभाजनसहित हरेक क्षेत्रका कामको योजनाबद्ध रूपमा कार्यान्वयन

गर्ने ।

– दलित समुदायप्रति सम्मानजनक व्यवहार गर्ने, अल्पसंख्यक, पिछडा वर्गलगायतका समुदायका

समस्याहरूको समाधानमा नेतृत्वदायी भूमिका खेल्ने ।

– विभिन्न खाले अन्तरक्रिया, तालिम, प्रशिक्षण, जनपरिचालन, प्रदर्शनी, श्रम, उत्पादन, सांस्कृतिक

कार्यक्रमहरूमा एकाकार भई काम गर्ने ।

– विदेश गएका घरपरिवारलाई संगठित गर्ने र सहयोग गर्ने ।

– अपांगता भएका व्यक्तिहरूलाई सम्मान गर्ने, मद्दत गर्ने ।

– सुशासनका पक्षमा जनताको खबरदारीका लागि अपिल गर्ने ।

– उन्नत समाज निर्माणका लागि शैक्षिक गुणस्तरमा सुधार ल्याउने कार्यमा पार्टीका नेताहरूले अगुवाइ गर्ने ।

– वडाको आवश्यकताअनुसार वर्गीय, जातीय र सामाजिक संगठनहरू बनाई परिचालन गर्ने ।

– टोल सुधार समिति, बजार व्यवस्थापन समिति, सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति,

खानेपानी व्यवस्थापन समिति, अस्पताल व्यवस्थापन समिति, गैरसरकारी संस्थाहरूलगायतका

सामाजिक संघ संगठनहरूमा सामाजिक अभियन्ताको रूपमा अगुवाइ गर्ने ।

– लघुवित्तको चर्को ब्याज, सहकारीको ठगी, मिटरब्याजीको उत्पीडनमा परेका जनतालाई न्याय दिलाउन

पार्टीले नेतृत्व गर्ने ।

– पार्टीलाई सामाजिक नेतृत्व, समाजसेवी, दुःखको साथीको निर्विकल्प संस्थाको रूपमा स्थापित गर्ने ।