रुपन्देही–३

माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०८२, १६ : २०
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले रुपन्देही–३ मा आफ्नै उम्मेदवार उठाउने भएको छ । कात्तिक १७ मा हुने उपनिर्वाचनमा अन्य दलसँग चुनावी गठबन्धन नगर्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले अन्य दलको उम्मेदवारलाई समर्थन नगर्ने जानकारी गराए l 

'हामी आफ्नै उम्मेदवार उठाउँछौं । अरु दलसँग गठबन्धन गर्दैनौं,’ जिसीले भने, ‘हामीले केन्द्रलाई पनि यही भनेका छौं । माओवादी केन्द्रकै उम्मेदवार हुनुपर्ने र यही क्षेत्रको हुनपर्ने कुरा पनि पार्टी केन्द्रसँग गरेका छौं ।’

 

प्रतिक्रिया दिनुहोस