मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायले न्वाँगी पर्व मनाइरहँदा यसले विशिष्टिकृत सांस्कृतिक पहिचान स्थापित गरेको बताएका छन ।
आज एक शुभकामना सन्देश जारी गर्दै उनले चेपाङ समुदायले मनाउँदै आएको न्वाँगी (छोनाम) पर्वले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गरी समाजवादको लक्ष्य हासिल गर्न सबै एकताबद्ध भई अगाडि बढ्न प्रेरणा प्रदान गर्ने जनाए।
परम्परागत मूल्य मान्यता प्राप्त गरेको आफूलाई महसुस भएको उल्लेख गर्दै सन्देशमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार प्रदेशभित्र बसोबास गर्ने जातजातिका संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै तिनको विकासका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहेकोसमेत जनाएका छन् ।
प्रकृति पूजक अतिसिमान्तकृत चेपाङ जातिले हरेक वर्ष भदौ २२ गते मनाउने यो पर्वले अनेकतामा एकता कायम गर्ने भन्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश यही भएर भएको बताए ।
“अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन, यहाँका प्रत्येक जातजाति र समुदायको आ(आफ्नै सांस्कृतिक महत्व बोकेको मौलिक परम्परा रहेका छन्”, मुख्यमन्त्री जम्कट्टेलले भने “बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको एक महत्वपूर्ण अङ्गका रुपमा चेपाङ संस्कृति रहेको छ ।” उहाँले चेपाङ जातिको यो पर्वमा यस वर्ष पनि प्रदेश सरकारले सार्वजनिक बिदा दिएर सम्मान प्रकट गरेको शुभकामना सन्देशमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा