काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु गरेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबारदेखि काठमाडौँ-दमाम गन्तव्यमा सिधा उडान सञ्चालन गरिएको छ । उडान तालिकाअनुसार काठमाडौँबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा एक सय २६ यात्रु रहेका थिए भने काठमाडौँ फर्कदा एक सय १७ यात्रु रहेको निगमले उल्लेख गरेको छ ।
प्रवक्ता पौडेलले काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको बताए । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमार्फत अनलाइनबाट टिकट लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै