काठमाडौं । सांसदहरुले कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उपचारका लागि कुर्दाकुर्दै बालिकाको मृत्यु भएको भन्दै दोषीउपर कारबाही गर्न माग गरेका छन् ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका कांग्रेसका महामन्त्री गगन थापाले अस्पतालमा दुई घण्टा पालो कुर्दा पनि उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्था किन आयो भन्दै सरकारसँग जवाफ पनि मागेका छन् ।
उच्च ज्वरोसहितकाके समस्या भएपपछि उपचारका लागि कान्ति बाल अस्पताल पुर्याइएकी बालिका रेजिशा गोपालीको उपचारका लागि पालो कुर्दाकुर्र्दै निधन भएको थियो । सोही घटनालाई लिएर बिहीबार सांसदहरुले सरकारको जवाफ माग्नेदेखि दोषीउपर कारबाही र सर्वसुलभ स्वास्थ्य सेवाको व्यवस्था गर्न माग गरेका छन् ।
गगन थापा, महेश बर्ताैला, चन्दा कार्की, सुमना श्रेष्ठलगायतका अधिकांश सांसदले काठमाडौंमै उपचार नपाएर बालिकाले मृत्युवरण गर्नुपर्ने अवस्था लज्जास्पद रहेको र यसले देशको स्वास्थ्य सेवाको अवस्था दर्शाएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग
सत्तापक्ष बोल्न थालेपछि बैठक कक्षबाट बाहिरियो रास्वपा
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभामा बैठकमा रास्वपा र राप्रपाको विरोध
प्रतिनिधिसभा बैठक आधा घण्टासम्मका लागि स्थगित