काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नक्साको विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी नगराइएको भन्ने कुरा सामान्य नभएको भन्दै समिति बनाएर त्यसको छानबिन गर्नुपर्ने बताएका छन् ।
आज (बिहीबार) बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा साहले यस्तो माग गरेका हुन् । उनले भने,‘गल्ती गरेको पाइए दण्डित गर्नुपर्छ, यसै छोड्न मिल्दैन, यसलाई नजरअन्दाज गरियो भने आउने दिनमा गम्भीर संकट ल्याउनसक्छ ।’
सो क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणको क्रममा सीमा विवादको विषय उठाउनुपर्ने पनि सुझाव दिए । उनले चीनसँगको नाका खोल्ने विषयमा पनि पहल गर्नुपर्ने धारणा राख । साहले चिनियाँ राजदूतको हालैको अभिव्यक्तिको विषयमा पनि टिप्पणी गरे । उनले चिनियाँ राजदूतले माफी मागे माफी दिनुपर्ने र भविष्यमा नदोहोरिने सुनिश्चित गर्नुपर्नेसमेत धारणा राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक सङ्घर्षको विकल्प छैन : प्रभु साह
भारत र चीनका राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गराैं: प्रभु साह
अब गौर हत्याकाण्डका पीडित परिवारले न्याय पाउनेछन्: प्रभु साह
नागरिकलाई पानी दिने कि नदिने ? भन्दै सरकारलाई प्रभु साहको प्रश्न
काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन सरकार असफल : प्रभु साह
विदेशबाट मिनिरल वाटर मगाउने प्रवृतिप्रति प्रभु साहले उठाए प्रश्न