काठमाडौं । नेकपा एमाले प्रथम बागमती प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन असोज ८-९ गते काठमाडौंमा हुँदैछ । कमिटीको प्रचारप्रसार समितिले निर्माण गरेको लोगो पदाधिकारी र इन्चार्जको सुझावअनुसार टुंगो लगाइएको प्रचार तथा प्रकाशन विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिए ।
लोगोमा बागमती प्रदेशभित्रका हिमाल, पहाड र तराईको भू-भाग दर्शाउने आकृति, सांस्कृतिक, धार्मिक पहिचानका र जातजाति, भेषभूषा, जीवजन्तु साथै यहाँको परिवर्तन र शहीदहरूको स्मरण गरिएको छ । अब समृद्ध बागमती प्रदेश निर्माणका लागि एमालेकै नीति र नेतृत्व आवश्यक छ, भन्ने झल्काउन एमालेको झण्डा र चुनाव चिन्ह सूर्य सजाइएको बर्तौलाले बताए ।
असोज ८ मा उद्घाटन हुने यो अधिवेशनलाई एमालेले राष्ट्रिय महाधिवेशनको झल्को दिनेगरी तयारी गरिरहेको छ । राजधानी सहरसमेत जोडिएको यस प्रदेशमा उद्घाटनका बेला मानवसागर उतार्ने तयारी भइरहेको अध्यक्ष केशव देवकोटाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग