मोरङ । विराटनगर महानगरपालिका-११ बरमपुरा बस्ने ७० वर्षीय हरि कुमालको कुटिपट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय नरेश मेहता र उनकै श्रीमती ४९ वर्षीया कुमारी तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कुखुराको अण्डाको विषयलाई लिएर उनीहरूबीच वादविवाद भई कुटपिट भएको र दुवै पक्ष आ-आफ्नो घर गएकोमा हरि कुमालको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ