कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–५ को देउकलियाबाट चारजना करिब डेढ किलो लागुऔषध चरेससहित पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय सुखडको टोलीले घोडाघोडी नगरपालिका–१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपालीलाई एक किलो तीन सय ग्राम चरेससहित पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ