काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार ‘एमसीसी अनुगमन’ समिति बनाउने निर्णय गरेको छ । १२ बुँदे व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा आएको एमसीसीका कामको अनुगमन र व्याख्यात्मक घोषणाको कार्यान्वयनको सन्दर्भमा समेत छलफल गर्नेगरी समिति गठन गरेको सो पार्टीले जनाएको छ ।
सो समितिले संसदभित्र पनि समिति बनाउन पहल गर्नेछ । सोमबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय भएको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । अनुगमन समितिका सदस्यहरुमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह छन् ।
समितिमा एकजना विषयविज्ञ भने पछि राखिने खतिवडाले जनाए । बैठकमा महाधिवेशन तयारीबारे विभिन्न छलफल भएपनि कुनै निर्णय भैनसकेको सो पार्टीले जनाएको छ । थप गृहकार्य गरेर एजेण्डासहित अर्को बैठकमा महाधिवेशन तयारीबारे निर्णय गर्ने खतिवडाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?