काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले निर्वाचित प्रतिनिधिहरुलाई आफ्नो जिब्रोमा ब्रेक लगाएर बोल्न अनुरोध गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा सांसद खतिवडाले राजनीतिज्ञहरू निर्वाचित भईसकेपछि कोही आगै ओकल्छु, सिंहदरवार ध्वस्त पार्छु भन्ने गरेको बताए । यस्तै उनले कोही धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउँने काम प्रवृत्ति बढेको भन्दै जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरेका हुन् ।
उनले भने, हामी राजनीतिज्ञहरू निर्वाचित भईसकेपछि हाम्रो जिब्रोमा ब्रेक नलागेर जे पनि बोल्न गईरहेका हुन्छौ । कोही आगै ओकल्छु सिंहदरवार ध्वस्त पार्छु भन्छौ, कोही जातीय राज्य चाहियो भन्छौ, कोही धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउँने काम गर्छौ । निर्वाचित प्रतिनिधिहरुलाई आफ्नो जिब्रोमा ब्रेक लगाएर बोल्न अनुरोध गर्दछु ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री बनाउन यो सरकार भ्रष्टहरू खोज्दै हिँडेको रामहरि खतिवडाको आरोप
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी
कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने
सुनुवाइ समितिमा रामहरि खतिवडालाई लैजाने तयारी
रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा
रामहरि खतिवडालाई राजीनामा दिन लगाउने काँग्रेसको तयारी