काठमाडौ । एसिया कप क्रिकेटअन्तरगत आज हुने नेपाल भारतबीचको खेल हेर्न जनकपुरका विद्यालय आधा दिन बन्द गर्न आग्रह गरिएको छ ।
उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालय दिउँसो २ बजेपछि बन्द गर्न आग्रह गरेको हो ।
‘जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसिया कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महसुस गरेकोले टिमको हौसला बढाउन मिति २०८०।०५।१८ गतेका दिन २ बजे पछि कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गरिदिनुहुन आदेशअनुसार अनुरोध छ’, उपमहानगरका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि पाकिस्तानसँगको खेलको समयमा पनि जनकपुरका कतिपय विद्यालय बन्द भएका थिए ।
नेपाल र भारतबीतको खेल आज दिउँसो ३ बजे हुँदैछ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित
एसिया कप: भारत २१ रनले विजयी, ओमानको प्रशंसा