काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भदौ २७ गते काठमाडौँमा वृहत् विरोध सभा गर्ने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले वृहत् विरोध सभा गर्ने निर्णय गरेको हो ।
प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, सङ्घीयताको खारेजीको मा गर्दै वृहत् विरोध सभा गर्ने तयारी गरिएको हो ।
उनका अनुसार विभिन्न भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न, शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक सङ्कटमा सरकारको उदासिनता, बढ्दो बेरोज़गारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब सिर्जना गर्न राप्रपाले र्याली सहित सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग