काठमाडौँ । नेपाली कांग्रेस रुपान्तरण अभियान जारी रहने भएको छ । भाद्र २४ गते बीपी जन्मजयन्तीदेखि अभियानलाई पुनः निरन्तरता दिने निर्णय भएको नेता जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।
उनका अनुसार कात्तिक २४ गतेदेखि लौहपुरुष गणेशमान जन्मजयन्तीसम्म दुई महिने रुपान्तरण अभियान सञ्चालन हुनेछ । सो अवधिमा १६५ वटै निर्वाचन क्षेत्रमा कार्यक्रमहरु सञ्चालन हुने उनको भनाइ छ ।
उक्त दुई महिने कार्यक्रम भाद्र २४ गते काभ्रे क्षेत्र न २ बाट सुभारम्भ गरिने उनले बताए ।रुपान्तरण अभियानमा केसी, केन्द्रीय सदस्य गुरुराज घिमिरे र केन्द्रीय सदस्य मधु आचार्यसहित, भूपेन्द्रजंग शाही, रन्जित कर्णलगायत छन् ।अभियानले यसअघि सातवटै प्रदेशमा पुगेर अभियान संचालन गर्ने र पार्टी सुधारका लागि ग्राउन्डको सन्देश संकलन गर्ने काम गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १२ : २८
लेखकबाट थप