चितवनकी बीना दराई बनिन् पीएचडी गर्ने पहिलो महिला

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०८०, १५ : ४०
चितवनकी बीना दराई बनिन् पीएचडी गर्ने पहिलो महिला

चितवन। चितवनकी बीना दराई पीएचडी गर्ने नेपालको पहिलो दराई महिला बनेकी छन् ।भरतपुर महानगरपालिका–१५ मंगलपुरकी दराईले अमेरिकाको बोस्टनामा रहेको म्यासाच्युसेट्स विश्वविद्यालयबाट नर्सिङ विषयमा पीएचडी गरेकी हुन् ।

५० वर्षीय बीना नेपाली सेनामा नर्स रहेर एक दशक बढी काम गरेपछि सेवानिवृत्त भई अध्ययनमा लागेको उनका साथी गजलकार रमेश प्रभातले नारायणी अनलाइनलाई बताए । उनले पीएचडी गरेसँगै बीना दराई महिला समुदायबाट पीएचडी गर्ने पहिलो महिला बनेकी छन् ।

बीनाले माओवादी विद्रोह चर्किएको समयमा सन् १९९६ बाट सन् २००६ सम्म नेपाली सेनामा काम गरिन् । चितवनबाट एसएलसी पूरा गरेपछि उनले महाराजगन्जबाट नसिंङ अध्ययन गरेकी थिइन् ।दराई\दरै जाति विशेषत परापूर्व कालदेखि नेपालमा बसोबास गर्दै आएको एक आदिबासीजनजाति हो ।

२०६८ को जनगणना अनुसार १७ हजार ८७९ जनसंख्यामा रहेको दरै÷दराई जातिहरु नेपालका विभिन्न जिल्लामा बसोबास गर्दै आएका छ्न् । तनहुँ, गोर्खा ,धाधिङ, पाल्पा, चितवन ,नवलपरासी ,कपिलवस्तु , कास्की ,मकवानपुर ,कैलाली,लमजुङ, दाङलगायत जिल्लाहरुमा दराई जातिको बसोबास रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस