एसियन कपमा पाकिस्तानविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०८०, १५ : ३५
एसियन कपमा पाकिस्तानविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै

काठमाडौं । एसियन कप क्रिकेटमा शनिबार भारतले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेको भारतले पहिले ब्याटिङ रोजेपछि पाकिस्तानले फिल्डिङ गर्दैछ । एसियन कपमा समूह ए को यो दोस्रो खेल हो । पहिलो खेलमा पाकिस्तानले नेपाललाई २३८ रनले पराजित गरेको थियो ।

भारतको प्लेइङ ११ : भारत रोहित शर्मा, शुभमन गिःल, इसान किसान, विराट कोहली, श्रेयस ऐयर, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, जसप्रित बुम्राह, महम्मद सिराज ।

पाकिस्तानको प्लेइङ ११ : इमाम उलहक, फाखर जमान, बाबर आजम, महम्मद रिजवान, अघा सलमान, इफ्तिखर अहमद, सदाव खान, महम्मद नवाज, साहिम साह अफ्रिदी, नसिम साह, हरिश रउफ ।

प्रतिक्रिया दिनुहोस