काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति लामिछाने र राजदूत श्रीवास्तवबीच भेटघाट भएको रास्वपाले जनाएको हो ।
भेटघाटको क्रममा रास्वपाको मुख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल(भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत हल गर्दै जानु पर्ने विषय सभापति लामिछानेले राखेको रास्वपाले जनाएको छ।
लामिछाने र श्रीवास्तवबीचको भेटवार्ताकम रास्वपाका महामन्त्री डा. मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र सांसद मनिष झालगायत थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागार फर्किए रवि लामिछाने
‘मलाई जबरजस्ती निकालिएको हो, समातेर कस्टडीमा राखे हुन्छ’ : रवि लामिछाने
प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रवि लामिछानेको दाबी
प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले
उम्मेदवार टुंग्याउनु अगाडी रास्वपाले आकांक्षीहरुलाई किन भेट्न पठाउँदैछन् रवि लामिछाने ?
रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ