काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले पुनः आफ्ना तीन अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेका छन्। उनले सामाजिक सञ्जालमार्फत् अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेको जानकारी दिएका हुन्।
पुनका अनुसार वीरगन्जको कृषि औजार कारखानामा ३ सयदेखि ५ सय केभिएसम्मको ट्रान्सफर्मर दशैं अगाडि नै राख्नुपर्ने भएकाले पदक बिक्रीमा राखिएको हो । उनले फेसबुकमा लेखेका छन्, ‘लौ त, आज जनपूर्णिमाको शुभदिनमा केही पैसा भएका साथीहरू मिलेर २० देखि २५ लाख सम्ममा मेरा यी अन्तर्राष्ट्रिय पदकहरू किन्नुहोस् त। नेपालको पदक चाहिँ बेच्न नपाइने भयो। ती पदकहरू किनेर घरमा वा म्युजियममा वा जहाँ इच्छा छ राखे हुन्छ।’
यसभन्दा अगाडि पुनले पदक बिक्री गर्न खोज्दा सरकारले रोक लगाएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ भदौ २०८०, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘अनुसन्धान र आविष्कार कागजमा मात्र सीमित हुनु हुँदैन’ : महावीर पुन
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक’ : महावीर पुन
शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
‘बाँदर समस्या समाधानमा अनुसन्धान आवश्यक’ : महावीर पुन
‘तत्कालीन नेतृत्वले जेन जेड आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ’ : महावीर पुन
संसदमा म पक्ष,विपक्ष भन्दा पनि निष्पक्ष छुः महावीर पुन