चितवन । नेपाली काँग्रेसले चितवनका बागी–विद्रोही नेताहरूको निलम्बन फुकुवा गरेको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले मङ्गलवार जिल्ला कार्य समितिलाई पत्र लेखी १८ जना विद्रोही नेतालाई कारबाही फुकुवा भएको जानकारी गराएको छ ।
कारबाही फुकुवाको पहिलो नम्बरमा दिनेश कोइरालाको नाम छ । उनी एमाले अध्यक्ष केपी ओली आफैले निर्वाचन आयोगलाई पत्र लेखेर आफ्नो जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर समर्थन गरेका गठबन्धनका बागी उम्मेदवार हुन् ।
उनी चितवन ३ मा बागी उठेपछि केन्द्रीय सदस्यबाट निलम्बनमा परेका थिए । स्थानीय निर्वाचनताका भरतपुर महानगरमा मेयर पदमा जगन्नाथ पौडेललाई गठबन्धन उम्मेदवार रेनु दाहालको विरुद्ध उम्मेदवार बनाई उनका प्रचारमा मुख्य भूमिका खेलेका पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, तत्कालीन महासमिति सदस्य मीना खरेललगायतको भने निलम्बन फुकुवा गरिएको छ ।
गत चैत १९ गते केन्द्रीय कार्यसम्पादन बैठक बसी वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्ना उम्मेदवार जिताउन भूमिका खेल्ने नेताहरूलाई निलम्बन फुकुवा गर्ने निर्णय गरिएको थियो । सोही अनुरूप गत वैशाखको उपचुनावमा आफ्ना उम्मेदवार जिताउन बारा, तनहुँ र चितवनमा भूमिका खेल्ने नेताहरूको जिल्लाको सिफारिसका आधारमा निलम्बन फुकुवा गरिएको नेपाली काँग्रेस चितवनले जनाएको छ ।
१८ जनाको निलम्बन फुकुवा गर्दा स्थानीय निर्वाचनमा भरतपुर महानगरको मेयरका उम्मेदवार रेनु दाहालको विरुद्धमा उम्मेदवारी दिएका जगन्नाथ पौडेलको निलम्बन भने फुकुवा गरिएको छैन ।
जिल्ला कार्यसमितिले केन्द्रीय अनुशासन आयोगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको पक्षमा भाषण तथा भोट नै मागेको भनेर रिपोर्टिङ गरेपछि निलम्बन फुकुवा नभएको हो । पौडेल नेपाली काँग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यदेखि विभिन्न जिम्मेवारीमा बसिसकेका व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विवादमा गोकुल बाँस्कोटाको टिप्पणी : खेल खेलाडीका, जित अनाडीका
गगनले दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निर्वाचन परिणाममा ‘प्रतिक्रिया मत’को प्रभाव देखिएको काँग्रेसको निष्कर्ष
नेविसंघको निर्णय अराजनीतिक र अवैधानिक भन्दै काँग्रेसले दियो कारवाहीको चेतावनी