काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चासँगको सहकार्य तोड्ने चेतावनी दिएका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयमा विप्लवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सहकार्य तोड्ने चेतावनी दिएका हुन् ।
एमसीसी सम्झौता आजबाट कार्यान्वयनमा आउँदैछ । आज दिउँसो ३ बजे सरकारले एमसीसी कार्यान्वयनका लागि सम्झौता आदानप्रदान गर्ने तयारी रहेको छ । आजदेखि एमसीसीको ५ वर्षे कार्यकाल सुरु हुने छ ।
विप्लवले आज (बुधबार) विहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर एमसीसी कार्यान्वयनको सन्दर्भमा संसद्बाट जारी भएको १२ बुँदे व्याख्यात्मक टिप्पणीका बारेमा अमेरिकाले लिखित जवाफ नपठाएसम्म कार्यान्वयनमा जान नसकिने बताए ।
एमसीसी कार्यान्वयनको पक्षमा सरकार उभिए समाजवादी मोर्चासँगको सहकार्य तोड्ने विप्लवको चेतावनी छ । विप्लवकै कारण समाजवादी मोर्चाको आज हुने भनिएको सुदूरपश्चिम स्तरीय सन्देश सभा स्थगित भएको छ ।
विप्लवले प्रधानमन्त्री प्रचण्डसँग २ घण्टा लामो छलफल गरेका थिए । छलफलको क्रममा प्रधानमन्त्री प्रचण्डले अब एमसीसी रोक्न नसकिने जवाफ दिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब