एसिया कपको उद्घाटन खेलअघि त्रिशाला गुरुङले प्रस्तुति दिने

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, १२ : ३८
एसिया कपको उद्घाटन खेलअघि त्रिशाला गुरुङले प्रस्तुति दिने

काठमाडौं । एसिया कपको उद्घाटन खेलअघि नेपाली गायिका त्रिशाला गुरुङले प्रस्तुति दिने भएकी छन्।

बुधबार पाकिस्तानको मुल्तान अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने उद्घाटन खेलअघि पाकिस्तानी गायिका आइमा बेग र नेपाली गायिका त्रिशाला गुरुङले प्रस्तुति दिन लागेका हुन्।

उनीहरूले छोटो प्रस्तुति दिएपछि उद्घाटन खेल खेलिने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले जनाएको छ।नेपाली समयअनुसार उनीहरूले पौने ३ बजे छोटो प्रस्तुति दिनेछन्। त्यसपछि सवा ३ बजेबाट खेल सुरु हुनेछ।

नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो। भारत र पाकिस्तान सम्मिलित समूहमा परेको नेपालले बुधबार पहिलो खेल आयोजक पाकिस्तानसँग खेल्दैछ।त्यसपछि सेप्टेम्बर ४ मा नेपालले भारतसँग समूह चरणको दोस्रो तथा अन्तिम खेल खेल्नेछ। दुई मध्ये एक खेलमा जित निकाल्न सके नेपाल सूपर ४ मा प्रवेश गर्नेछ।