सचिवालयको बैठकमा भाग लिन एमाले नेताहरु जनकपुर पुगे

रासस

बुधबार, १३ भदौ २०८०, १२ : १५
सचिवालयको बैठकमा भाग लिन एमाले नेताहरु जनकपुर पुगे

काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरु जनकपुर अवतरण भएका छन् ।सिरहाको सर्रे अम्बासमा हुने पार्टीको सचिवालयको बैठकमा भाग लिन जानेक्रममा बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी काठमाडौँ फर्किएपछि उनीहरु पुनः अर्को जहाजबाट जनकपुर पुगेका हुन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरु चढेको पहिलो जहाज प्राविधिक समस्याका कारण काठमाडौँ फर्किएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य केही नेता विराटनगर हुँदै सिरहा जाँदै छन्।

 

एमालेले तत्कालीन नेकपा (माले) को २०४७ सालमा चौँथो महाधिवशेन भएको उक्त स्थलमा यही भदौ ९ गते सचिवालयको बैठक राखेकामा वर्षाका कारण आजका लागि सारेको थियो । सो बैठक आज बिहान ११ बजे बस्ने भनिएपनि नेताहरु समयमा पुग्न नसक्दा ढिलाई भएको छ । 

प्रतिक्रिया दिनुहोस