पाल्पामा गुडिरहेको जीपमा ढुंगा खस्दा तीन जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, १० : ४१
पाल्पामा गुडिरहेको जीपमा ढुंगा खस्दा तीन जनाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ। सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसे पछि भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । सो घटनामा परी पाँच जना घाइते भएका छन् । 

रिब्दीकोट गाउँपालिका–२ मा रहेको सो सडक मर्मत तथा विस्तार गर्ने कार्य भईरहेको थियो, साेही सडक खण्डमा माथीवाट झरेकाे ढुंगा जीपमा लागेकाे थियाे । घाइते पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । थप बिबरण आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस