युद्धअभ्यासमा अमेरिकी विमान दुर्घटना : तीन जना जल सैनिकको मृत्यु

एजेन्सी

आइतबार, १० भदौ २०८०, १५ : ३१
युद्धअभ्यासमा अमेरिकी विमान दुर्घटना : तीन जना जल सैनिकको मृत्यु

डार्विन । संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतवार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना हुँदा तीन जना जल सेनाका अधिकारीको मृत्यु भएको छ भने पाँच जनालाई गम्भीर अवस्थामा उद्धार गरी डार्विन अस्पतालमा भर्ना गरिएको छ ।

अमेरिकी सैन्य अधिकारीहरूका अनुसार विमानमा २३ जना सैन्य कर्मचारी थिए । अष्ट्रेलियाली प्रहरी दुर्घटनास्थलमा चालक दलका सदस्य तथा बाँकी घाइतेको उद्धारमा सक्रिय रहेको जनाइएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

संयुक्त युद्धअभ्यासमा अमेरिका, अष्ट्रेलिया इन्डोनेसिया र फिलिपिन्सका हजारौँ सैनिकले भाग लिएका छन् । उत्तरी अष्ट्रेलिया पछिल्ला वर्षमा अमेरिकी सेनाका लागि महत्वपूर्ण रणनीतिक स्थान बनेको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको सामना गर्न अमेरिकाले उक्त स्थान सैन्य अभ्यासलाई प्राथमिकता दिएको हो । 

प्रतिक्रिया दिनुहोस