काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणु केन्द्रहरूमा सफल सैन्य कारबाही गरेको दाबी गरेपछि तेहरानको नेतृत्वमा सत्ता परिवर्तनको सम्भावनाबारे संकेत गरेका छन्। उनले वर्तमान इरानी सरकारले देशलाई “पुनः महान” बनाउन नसके सत्ता परिवर्तन आवश्यक हुने बताए।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेखे, “सत्ता परिवर्तन शब्द राजनीतिक रूपमा संवेदनशील भए पनि, यदि वर्तमान सरकार इरानलाई फेरि महान बनाउन असफल छ भने, परिवर्तन किन नहोस्?”
तर, आइतबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पीट हेगसेथले इरानका परमाणु केन्द्रहरूमा भएको आक्रमणको उद्देश्य सत्ता परिवर्तन नभएको प्रष्ट पारे। उनले भने, “यो कारबाही सत्ता परिवर्तनका लागि थिएन, र अहिले पनि त्यस्तो कुनै लक्ष्य छैन।”
यस्तै, उपराष्ट्रपति जेडी वेन्सले एबीसी न्यूजसँगको कुराकानीमा भने, “हाम्रो लक्ष्य सत्ता परिवर्तन होइन, बरु इरानको परमाणु कार्यक्रमलाई रोक्नु हो।” अमेरिकाले शनिबार राति इरानका फोर्दो, नतान्ज र इस्फाहानस्थित परमाणु केन्द्रहरूमा बम आक्रमण गरेको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०९ असार २०८२, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुथी विद्रोहीमाथि अमेरिकी आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्
१० प्रतिशत कर लगाउने ट्रम्पको आदेशविरुद्ध चीनले प्रतिवाद गर्ने
अमेरिकी चुनावमा दलकारिता: न्यूयोर्क टाइम्स कमला र न्यूयोर्क पोस्ट ट्रम्प पक्ष