ललिता निवास जग्गा प्रकरण : ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गर्दै मुद्दा दायर

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, १४ : ०२
ललिता निवास जग्गा प्रकरण : ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गर्दै मुद्दा दायर

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । उनीहरुमाथि किर्तेको अभियोग भने छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गतहप्ता अनुसन्धान गरेर मुद्धा चलाउन रायसुझाव सहितको प्रतिवेदन बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा पु¥याएको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाबिरूद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस