कराँची। पाकिस्तान भ्यान दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । पाकिस्तानकाको मनसेरामा यात्रुबाहक भ्यान अनियन्त्रित भई खाडलमा खस्दा दुई महिलासहित छ। जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् भने उनीहरुको उपचार भईरहेको छ । मिडिया रिपोर्टका अनुसार मानसेराका जिल्ला आपतकालीन अधिकारीले भ्यान बट्टग्रामबाट मानसेरातर्फ गइरहेको अवस्थामा दुर्घटना भएको बताए ।
सो क्रममा चालकले गाडीको नियन्त्रण गुमाए पछि भ्यान खाडलमा खसेको थियो ।सो भ्यानमा १३ जना सवार रहेको उनले बताए । दुर्घटना लगत्तै उद्धार टोलीले घटनास्थलमा पुगेर शव र घाइतेलाई खाल्डोबाट बाहिर निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु