कराँची। पाकिस्तान भ्यान दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । पाकिस्तानकाको मनसेरामा यात्रुबाहक भ्यान अनियन्त्रित भई खाडलमा खस्दा दुई महिलासहित छ। जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् भने उनीहरुको उपचार भईरहेको छ । मिडिया रिपोर्टका अनुसार मानसेराका जिल्ला आपतकालीन अधिकारीले भ्यान बट्टग्रामबाट मानसेरातर्फ गइरहेको अवस्थामा दुर्घटना भएको बताए ।
सो क्रममा चालकले गाडीको नियन्त्रण गुमाए पछि भ्यान खाडलमा खसेको थियो ।सो भ्यानमा १३ जना सवार रहेको उनले बताए । दुर्घटना लगत्तै उद्धार टोलीले घटनास्थलमा पुगेर शव र घाइतेलाई खाल्डोबाट बाहिर निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो