काठमाडौं । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था, बागमती सफाई महाअभियान र फ्रेन्डस क्लब कुपण्डोलको संयुक्त आयोजनामा काठमाडौँ र ललितपुरको सिमानामा रहेको कुपोण्डोल क्षेत्र बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ आयोजना भएको छ ।
राष्ट्रिय गानबाट शुरुभएको कार्यक्रमा नेपालका बिभिन्न नदीबाट ल्याईएको जललाई धार्मिक बिधि अनुसार बागमती नदीमा समाहित गरिएको थियो । कार्यक्रममा संघिय सांसद ज्ञानेन्द्र शाही, पर्यटन सचिव, प्रदेश सांसदहरु, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतको सहभागीता रहेको थियो ।
ललितपुरको कुपण्डोलस्थित बागमती पुलबाट सुरु भएको महाजलयात्रा १५ वटा डुङ्गामार्फत जलयात्रा गर्दै चोभार सुन्दरीघाटसम्म पुगेर टुंगिएको थियाे । सामाजिक र धार्मिक इतिहास बोकेको बागमती नदीलाई सफा सुन्दर बनाउन बागमती सफाई महाअभियान २०७० सालदेखी गरिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
बागमतीका प्रमुख सचिव बाबुराम अधिकारीको मनपरी: विकास ठप्प पार्दै, प्रश्न उठानेलाई धम्क्याउँदै
बागमती प्रदेशसभा बैठक बस्दै