काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सद्भाव कायम राख्नका लागि अपिल गरेका छन् ।गोरु काटेर सामूहिक भोज लगाएको भन्ने चर्चाले सामाजिक सद्भाव खल्बलिने त्रासका बीच साम्पाङले शुक्रवार अपिल जारी गरेका हुन् ।
'हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिविम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धराननगरवासीहरूमा हार्दिक अपिल गर्दछु,' साम्पाङले अपिल गरेका छन् ।
साम्पाङको अपिल
धरानको विषय संसद्मा पनि उठेको थियो ।
कांग्रेसका शंकर भण्डारीले प्रतिनिधिसभाको बैठकमा बोल्दै धार्मिक सद्भाव खल्बल्याउने गतिविधि नियन्त्रण गर्न माग गरेका थिए ।
राप्रपाका ज्ञानेन्द्र शाही, दीपकबहादुर सिंह लगायतले पनि यस विषयलाई लिएर संसद्मा बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, १४ : ५४
लेखकबाट थप