राष्ट्रपति पौडेल र राष्ट्र बैंकका गभर्नर अधिकारीबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, १४ : ३१
राष्ट्रपति पौडेल र राष्ट्र बैंकका गभर्नर अधिकारीबीच भेटवार्ता

काठमाडौं  । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा शुक्रबार राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच कुराकानी भएको हो।

गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई मुलुकको अर्थतन्त्रका समग्र विषयमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस