काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थीलगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाणित भएको बताए ।
एकपछि अर्को अपराधको घटना आउन थालेको र यस्ता घटनामा विदेशी नागरिकसमेत देखिनुले अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको उनको बुझाइ छ ।
अहिले देखिएका घटनाहरुले विश्वस्तरमा नेपालको साख गिर्दै गएको कोइरालाले बताए । अपराध र भ्रष्टाचार रोक्न कांग्रेसले राजनीतिक रूपमा अग्रसरता लिएर अघि बढ्नुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल