काठमाडौँ । भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक अवतरण गराएका छन् ।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम-३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्याएको थियो ।
भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान-३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल भएमा चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बन्नेछ ।
चार वर्षअघि ‘चन्द्रयान-२’ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले ‘चन्द्रयान-३’ बनाएको हो । इसरोले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको छ । यो मिसनका लागि सेन्सर, एलगोरिदिम, इन्जिन, क्याल्कुलेसनलगायतका सबै किसिमका कमजोरी अध्ययन गरिएको हो ।
भारतले ‘चन्द्रयान-३’ मिसनका लागि ६ सय १५ करोड भारतीय रुपैयाँ खर्चेको प्रारम्भिक अनुमान छ । मिसनले चन्द्रमाको थप अध्ययनमा सघाउ पुग्ने बताइएको छ। त्यस्तै त्यहाँको रासायनिक र प्राकृतिक अवस्थाबारे पनि अध्ययन गरिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०६ भदौ २०८०, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?