कर्णालीका १० जिल्लामा माओवादीले तोक्यो इन्चार्ज

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०८०, १५ : १२
कर्णालीका १० जिल्लामा माओवादीले  तोक्यो इन्चार्ज

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका १० जिल्लामा इन्चार्ज तोकेको छ । १० जना केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्ज तोकिएको छ भने प्रदेश कमिटी सदस्यहरुलाई ७९ वटा पालिकामा इन्चार्जको जिम्मेवारी दिइएको छ ।

साउन ३० गते प्रदेश इन्चार्ज मातृका यादवको रोहबरमा बसेको प्रदेश कमिटीको बैठकले जिल्ला र पालिका इन्चार्जहरूको कार्य विभाजन टुङ्गो लगाएको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।

उनका अनुसार यसअघि सुर्खेत जिल्ला इन्चार्ज रहेका झकबहादुर मल्ललाई हुम्लाको जिम्मेवारी दिइएको छ भने पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाहीलाई सुर्खेत इन्चार्जको जिम्मेवारी दिइएको छ । सोही क्षेत्रमा पूर्वमन्त्री समेत रहेका बिन्दामान बिष्ट केन्द्रीय सदस्यको रूपमा रहेका छन् ।

त्यस्तै मुगुको गोमा गौतम कुँवर, जुम्लाको छिमि लामा, कालीकोटको टेकबहादुर बस्नेत र दैलेखको गोपाल शर्मा इन्चार्जको जिम्मेवारी दिइएको छ । जाजरकोटमा बसन्त शर्मा, सल्यानमा नरेश भण्डारी, रुकुममा गगन खड्का र डोल्पामा नरबहादुर विष्ट इन्चार्ज तोकिएका छन् ।

साउनको १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकको निर्णय बमोजिम अन्तरजिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको प्रदेश अध्यक्ष केसीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस